Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > जनताको अवस्था फेरिएन : सांसद प्रेमबहादुर बयक

जनताको अवस्था फेरिएन : सांसद प्रेमबहादुर बयक

काठमाडौं । सांसद प्रेमबहादुर बयकले कुनै पनि आन्दोलन वा परिवर्तनपछि पनि जनताको अवस्था सुधार हुन नसकेको टिप्पणी गरेका छन्।

प्रतिनिधिसभामा बिहीबार बोल्दै उनले नीति तथा कार्यक्रममा सहिद र घाइतेको पीडा पर्याप्त रूपमा नसमेटिएको बताए। कैलालीका एक घटनाको उदाहरण दिँदै उनले न्याय माग्ने परिवार अझै पीडामा रहेको उल्लेख गरे।

बयकले आफू पनि युद्धमा घाइते भएको भन्दै आन्दोलनबाट व्यवस्था परिवर्तन भए पनि जनजीवनमा अपेक्षित सुधार नआएको गुनासो गरे। उनले सरकारलाई सहिद र घाइतेको विषय प्राथमिकतामा राख्न आग्रह गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *