काठमाडौं । उपसभामुख पदका लागि उम्मेदवारी दर्ता अघि नेपाली कांग्रेस र नेकपा (एमाले) आन्तरिक छलफलमा जुटेका छन्।
आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएकाले दुवै दल साझा निष्कर्षमा पुग्ने प्रयासमा छन्। एमालेले प्रतिपक्षी दलहरूसँग संवाद गरिरहेको छ भने कांग्रेसले पनि छिट्टै निर्णय लिने जनाएको छ।
संवैधानिक व्यवस्था अनुसार उपसभामुख फरक दलको महिला हुनुपर्ने भएकाले प्रतिपक्षबीच सहमति खोज्ने प्रयास जारी छ।


