Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > साम्पाङद्वारा उपसभामुखमा ‘बार्गेनिङ नगर्न’ आग्रह

साम्पाङद्वारा उपसभामुखमा ‘बार्गेनिङ नगर्न’ आग्रह

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले उपसभामुख पदका लागि राजनीतिक दलहरूलाई बार्गेनिङ नगरी अर्थपूर्ण छलफल गर्न सुझाव दिएका छन्।

संघीय संसद् सचिवालयको कार्यतालिका अनुसार आज बिहान ११ बजे देखि दिउँसो २ बजे सम्म मनोनयन दर्ता हुनेछ र उम्मेदवारको नामावली साढे २ बजे सार्वजनिक गरिनेछ। भोलि शुक्रबार निर्वाचन हुने तय छ।

संवैधानिक प्रावधानअनुसार उपसभामुख फरक दलको महिला सांसद हुनुपर्ने भएकाले श्रम संस्कृति पार्टीका तीन महिला सांसदमध्ये उम्मेदवार चयन वा अन्य दलसँग सहकार्य गर्ने विषयमा साम्पाङले अझै स्पष्टता दिएका छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *