काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वमाथि लगाइएको निलम्बन फुकुवा गरेको छ।
एन्फा पदाधिकारीहरूले शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग छलफल गरेपछि बिना शर्त निलम्बन हटाउने सहमति भएको हो।
यसअघि राखेपले निर्देशन उल्लंघन गरेको भन्दै खेलकुद विकास ऐन २०७७ अन्तर्गत एन्फालाई निलम्बन गरेको थियो।
निलम्बन फुकुवासँगै नेपाली फुटबल गतिविधि र महिला टोलीको अन्तर्राष्ट्रिय सहभागिता सहज हुने अपेक्षा गरिएको छ।


