काठमाडौं — विज्ञापन बोर्ड ले अनधिकृत वेबसाइट, बेटिङ एप र सामाजिक सञ्जालमार्फत हुने गैरकानुनी विज्ञापन तुरुन्त बन्द गर्न आग्रह गरेको छ।
बोर्डले सरकारको निर्णयअनुसार प्रतिबन्धित बेटिङ प्लेटफर्महरूमा विज्ञापन नगर्न सचेत गराउँदै उल्लंघन भए कडा कारबाही हुने जनाएको छ। साथै, यस्ता गतिविधि देखिएमा तुरुन्त उजुरी गर्न पनि आह्वान गरिएको छ।


