Friday, June 05, 2026
Home > मुख्य समाचार > एसईई नतिजा दुई दिनभित्र सार्वजनिक हुने

एसईई नतिजा दुई दिनभित्र सार्वजनिक हुने

राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा आगामी दुई दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।

उत्तरपुस्तिका परीक्षण र इन्ट्रीको काम सकिएकाले अहिले अन्तिम रुजु भइरहेको बोर्डले जनाएको छ। यस वर्ष परीक्षा केन्द्रमै कपी परीक्षण गरिएकाले नतिजा छिटो प्रकाशन गर्न सहज भएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *