कोशी प्रदेशमा आज मेघगर्जनसहित मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पूर्वी नेपाल नजिकको न्यून चापीय प्रणालीका कारण कोशी प्रदेशमा मौसम बढी सक्रिय देखिएको हो। बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा पनि हल्का वर्षाको सम्भावना रहेको छ।


