Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > ओलीको स्वास्थ्यबीच नेतृत्व परिवर्तनको चर्चा ‘अपराधिक मानसिकता’ भएको बस्नेतको आरोप

ओलीको स्वास्थ्यबीच नेतृत्व परिवर्तनको चर्चा ‘अपराधिक मानसिकता’ भएको बस्नेतको आरोप

नेकपा एमालेका सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य संवेदनशील अवस्थामा रहेको बेला नेतृत्व परिवर्तनको चर्चा गर्नु गैरजिम्मेवार र “अपराधिक मानसिकता” भएको बताएका छन्।

बस्नेतले सचिवालय बैठकमा आफूले २४ बुँदा पेश गरेको र त्यसलाई गलत रूपमा प्रचार गरिएको दाबी गर्दै सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका छन्। उनले ओलीको स्वास्थ्य अवस्था कमजोर रहेकाले नेतृत्वलाई कमजोर बनाउने प्रयास स्वीकार्य नहुने बताएका छन्।

उनले बैठकका केही निर्णय र अभिव्यक्तिहरू सच्याइएको विषयप्रति पनि असन्तुष्टि जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *