काठमाडौं । सन् २०२६ को बसन्त ऋतुमा सगरमाथा आरोहणका लागि हालसम्मकै धेरै ४९२ जनाले अनुमति प्राप्त गर्दै नयाँ रेकर्ड बनेको छ।
पर्यटन विभागका अनुसार मार्च १ देखि मे ८ सम्म ५० टोलीका ४९२ आरोहीले अनुमति लिएका हुन्, जसमा १०५ महिला र ३८७ पुरुष छन्।
यसअघि सन् २०२३ मा ४७८ जनाले अनुमति लिएको रेकर्ड थियो। यस वर्ष सगरमाथा आरोहणबाट मात्रै सरकारले एक अर्ब सात करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।
त्यस्तै, ३० वटा हिमाल आरोहणका लागि कुल १,१३४ जनाले अनुमति लिएका छन्।


