Friday, June 05, 2026
Home > स्थानीय समाचार > कपिलवस्तुमा सुन चोरी र ठगी आरोपमा दुई पाकिस्तानी महिला पक्राउ

कपिलवस्तुमा सुन चोरी र ठगी आरोपमा दुई पाकिस्तानी महिला पक्राउ

कपिलवस्तुमा सुनका गहना चोरी र ठगीमा संलग्न रहेको आरोपमा दुई पाकिस्तानी महिला पक्राउ परेका छन्।

२० वर्षीया बेबी कसमुल र ४१ वर्षीया सर्वना तौलिहवा र चन्द्रौटाका विभिन्न पसलमा ठगी तथा चोरी गरेको आरोपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

चन्द्रौटाको एक सुनचाँदी पसलमा गहना किन्ने बहाना बनाएर व्यवसायीलाई अल्मल्याई सुनको झुम्का चोरी गरी भागेका उनीहरू पछि स्थानीयको सहयोगमा फेला परेपछि पक्राउ परेका हुन्।

त्यसअघि तौलिहवामा पनि कम सुन भएको गहना दिएर बढी सुन भएको गहना साट्ने ठगी गरेर फरार भएको खुलेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *