Saturday, June 13, 2026
Home > राष्ट्रिय समाचार > कर हेरफेर विवादमा एमालेको चुनौती– सबै फाइल छानबिन गरौँ

कर हेरफेर विवादमा एमालेको चुनौती– सबै फाइल छानबिन गरौँ

काठमाडौं । नेकपा (एमाले)का सांसद गुरु बरालले करका दर हेरफेरसम्बन्धी विवादमा विगतदेखि हालसम्मका सबै विषय छानबिन गर्न आफूहरू तयार रहेको बताएका छन्।

प्रतिनिधिसभामा बोल्दै उनले सत्यतथ्य सार्वजनिक गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरे। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उठेका प्रश्नबाट उम्किन नसक्ने भन्दै उनले निष्पक्ष अनुसन्धानमार्फत सबै तथ्य बाहिर ल्याउनुपर्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *