Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > कांग्रेसको १५औँ महाधिवेशनमा पुरानो क्रियाशील सदस्यता नमानिने

कांग्रेसको १५औँ महाधिवेशनमा पुरानो क्रियाशील सदस्यता नमानिने

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा पुरानो क्रियाशील सदस्यतालाई मान्यता नदिने निर्णय गरेको छ। पुराना सदस्यहरूलाई नवीकरण प्रक्रियामा समेट्ने व्यवस्था गरिने भएको छ।

कांग्रेसले जिल्ला सभापतिहरूलाई परिपत्र जारी गर्दै १४औँ महाधिवेशनका आधारमा प्रदान गरिएका सदस्यताहरूलाई पुरानो मानेर नवीकरण प्रक्रियामा लैजान निर्देशन दिएको हो।

सदस्यता विवाद समाधान गर्न विभिन्न जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय पनि गरिएको छ। साथै जनसम्पर्क समितिहरूको सदस्यता अद्यावधिक र अधिवेशन प्रक्रिया अगाडि बढाइने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *