काठमाडौं, जेठ ३, २०८३ — नेपाली कांग्रेसका नेता गगनकुमार थापाले पार्टीभित्र बाहिरिएका सबै नेताहरूलाई समेटेर अघि बढ्ने बताएका छन्।
एक कार्यक्रममा बोल्दै उनले १४औँ महाधिवेशनपछि बाहिर रहेका नेताहरूलाई पनि सम्मानपूर्वक केन्द्रीय समितिमा समावेश गर्न चाहेको बताए। आवश्यक परे वरिष्ठ नेताको रूपमा समेत जिम्मेवारी दिन सकिने उनको भनाइ छ।
थापाले असन्तुष्ट पक्षलाई संवादमार्फत समाधान खोज्न आग्रह गर्दै पार्टीका निर्णयहरू कुनै गुट वा महाधिवेशन सहभागिताका आधारमा नहुने स्पष्ट पारे।
उनले कांग्रेसलाई समावेशी बनाउन ३० वर्षमुनिका युवादेखि महिला, दलित र मधेसी समुदायलाई सक्रिय रूपमा सदस्यता विस्तार गर्न पनि आह्वान गरे।


