विराटनगरमा नेपाली कांग्रेसले आज संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउँदैछ। बिहान ११ बजे बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सभापति गगनकुमार थापाले सहमतिको प्रस्ताव पेश गर्ने तयारी छ।
दिउँसो १ बजे बस्ने संसदीय दलको बैठकले नेता चयनलाई अन्तिम रूप दिँदै अनुमोदन गर्ने कार्यसूची रहेको छ। यसअघि सहमतिको प्रयासका लागि निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो।


