काठमाडौंको पेरिसडाँडामा नेकपाको केन्द्रीय संयोजन समितिको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको संयुक्त प्रस्ताव प्रस्तुत गरिनेछ।
बैठकले कार्यविभाजन टुंग्याउने, ६०१ सदस्यीय केन्द्रीय समिति र १२५ सदस्यीय सचिवालयलाई पूर्णता दिने तथा ६ महिनाभित्र महाधिवेशन गर्ने विषयमा निर्णय गर्ने तयारी गरिएको छ।


