विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा प्रादेशिक भेला सुरु गरेको छ। भेलामा डा. शेखर कोइराला, डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौलालगायत शीर्ष नेताहरू सहभागी छन्।
पार्टीभित्र देखिएको पछिल्लो विवाद र आगामी रणनीतिबारे छलफल गर्न इतर समूहले प्रदेशस्तरीय भेला आयोजना गरेको जनाएको छ।


