काठमाडौँ — नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश भएको छ। उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक समीक्षा प्रतिवेदन पेश गर्दै राजीनामा अस्वीकृत गर्ने प्रस्ताव अघि सारेका हुन्।
शर्माले सभापतिको छोटो कार्यकालको मूल्याङ्कन नगरी पदत्याग गर्नु संगठनप्रति न्याय नभएको उल्लेख गर्दै, पार्टीको हित र नैतिक जिम्मेवारीका आधारमा राजीनामा अस्वीकृत गर्न सिफारिस गरेका छन्।


