काठमाडौं — नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा शिवनारायण मण्डल दोषी ठहर भएका छन्। विशेष अदालतले उनलाई ५ हजार रुपैयाँ जरिवानासहित भ्रष्टाचारी ठहर गरेको छ।
मण्डलले भारतको बिहार विद्यालय परीक्षा समितिबाट सन् १९८३ मा उत्तीर्ण भएको भनी झुटा प्रमाणपत्र पेश गरेका थिए। प्रमाणपत्रको जाँच गर्दा यसमा अर्कै व्यक्तिको नाम रहेको पुष्टि भएपछि अदालतले दोषी ठहर गरेको हो।


