काठमाडौँ — काठमाडौं जिल्ला अदालतले जेनजी आन्दोलनका क्रममा भदौ २४ मा भएको आगलागी र तोडफोडमा नष्ट भएका मुद्दाका दसी र जिन्सी सामानहरूको विवरण सार्वजनिक गरेको छ।
अदालतले प्रमुख भवनको भुइँतलामा भएको आगजनीका कारण नक्कली नोट, राहदानी, नागरिकता प्रमाणपत्र, सवारी चालक अनुमति पत्र, चेकबुक, भिसा कार्ड र अन्य वित्तीय कागजात जस्ता महत्वपूर्ण प्रमाणहरू नष्ट भएको जनाएको छ। सूची सार्वजनिक गर्न अदालतले गठित मूल्याङ्कन समितिको प्रतिवेदनको आधार लिएको छ।


