Saturday, June 13, 2026
Home > राष्ट्रिय समाचार > कांग्रेस सांसदको आरोप– सुशासनको नारा, आफ्नालाई संरक्षण

कांग्रेस सांसदको आरोप– सुशासनको नारा, आफ्नालाई संरक्षण

काठमाडौं । नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले सरकारले सुशासनको नारा दिए पनि विवादमा परेकालाई संरक्षण र पुरस्कृत गर्ने काम गरिरहेको आरोप लगाएका छन्।

प्रतिनिधिसभामा बोल्दै उनले जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदन सार्वजनिक नगरी सुधन गुरुङलाई पुनः गृहमन्त्री बनाइएको भन्दै आपत्ति जनाए। उनले सरकार आफैँ न्यायाधीश र आफैँ पुरस्कर्ता बनेको टिप्पणी गर्दै सुशासनका नाममा दोहोरो मापदण्ड नअपनाउन आग्रह गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *