बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटको स्वागत गर्दै यसले आर्थिक पुनरुत्थान, लगानी प्रवर्द्धन र निजी क्षेत्रको मनोबल बढाउने विश्वास व्यक्त गरेको छ।
सिबिफिनले खराब कर्जा व्यवस्थापनका लागि राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने घोषणालाई ऐतिहासिक कदम भनेको छ। साथै कर छुट, डिजिटल अर्थतन्त्र, ऊर्जा तथा प्रविधि क्षेत्रमा प्राथमिकता र निजी क्षेत्रलाई आर्थिक वृद्धिको साझेदार बनाउने नीतिलाई सकारात्मक रूपमा लिएको छ।


