Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > कानुन निर्माणको नेतृत्व सांसदमा हुनुपर्छ : विपिन आचार्य

कानुन निर्माणको नेतृत्व सांसदमा हुनुपर्छ : विपिन आचार्य

काठमाडौं । रास्वपा सांसद विपिन आचार्यले कानुन निर्माणको वास्तविक नेतृत्व कर्मचारीतन्त्रको हातमा रहेको भन्दै सांसदलाई ‘ड्राइभिङ सिट’ मा राख्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले हालको संसदीय अभ्यासमा मन्त्रालयका कर्मचारीले कानुन निर्माण नियन्त्रण गरिरहेको आरोप लगाए। सांसदहरू केवल प्रतिक्रिया दिने भूमिकामा सीमित भएको उनको भनाइ थियो।

आचार्यले संसदको प्रभावकारिता बढाउन प्रक्रिया सुधार, सांसदहरूको क्षमता विकास, डिजिटल ट्र्याकिङ प्रणाली र जनउत्तरदायी बनाउन ‘राइट टु रिकल’ जस्ता व्यवस्था आवश्यक रहेको सुझाव पनि दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *