पर्सामा कुखुरा फर्मका सञ्चालक ३० वर्षीय सकिनलाल देवानलाई आफ्नै कामदारमाथि निर्घात कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। ‘साबिर फ्रेस हाउस एन्ड सप्लायर्स’का सञ्चालक देवानले २० वर्षीय नूरआलम देवानलाई लठ्ठीले कुटपिट गरेका थिए। कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। देवानले कामदारलाई कुखुरा चोरीको आरोप लगाउँदै कुटपिट गरेको बताएपछि घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


