डोटी को आदर्श गाउँपालिका–६ रौसेल्लामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा २२ वर्षीय सुबोध रोकाया र १९ वर्षीय कैलाश बिक रहेका छन्। राति करिब १२:३० बजे भएको दुर्घटनामा उनीहरूको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।गिरिचौकाबाट काँडीस्याउलेतर्फ जाँदै गरेको बोलेरो जिप घुम्तीबाट खस्दा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।


