जनकपुरधाम । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषिलाई मुख्य प्राथमिकतामा राखिएको छ ।
सरकारले उत्पादन वृद्धि, प्रांगारिक मलको प्रयोग, माटो परीक्षण तथा ‘मेड इन मधेस’ अभियानमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिएको छ ।


