काठमाडौं । मनसुन अगावै पोखराको नदीपुर क्षेत्रमा जमिन भासिएको छ । शुक्रबार बिहान सडकसँगै घरको आँगन र केही भाग भासिँदा ठूलो भ्वाङ परेको स्थानीयले बताएका छन् ।
जमिन भासिँदा खानेपानी पाइप समेत फुटेको छ । घटनापछि स्थानीय त्रसित बनेका छन् ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्थल निरीक्षण गर्दै जोखिम न्यूनीकरणका लागि आवश्यक कदम चाल्न निर्देशन दिएकी छन् ।


