काठमाडौं । श्रीलंकाको राजधानी कोलम्बोमा नेपाल सरकारको नाममा रहेको करिब एक अर्ब रुपैयाँ मूल्य बराबरको जग्गा तत्कालीन अवैतनिक वाणिज्यदूतले बिक्री गरेको तथ्य खुलेको छ।
परराष्ट्र मन्त्रालयले कम्पाउन्ड वाल निर्माणका लागि स्वामित्व कागजात खोज्ने क्रममा उक्त जग्गाको एक हिस्सा ३५ वर्षअघि नै निजी व्यक्तिको नाममा दुईपटक बिक्री भइसकेको जानकारी पाएको हो। सन् १९८९ मा नेपाल सरकारले खरिद गरेको जग्गा १९९० मै बिक्री गरिएको देखिएपछि घटनाबारे थप अनुसन्धान सुरु गरिएको छ।


