काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। आज छापावाल सुन प्रतितोला २ हजार १ सय रुपैयाँले घटेर ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँले घट्दै ५ हजार २३० रुपैयाँ कायम भएको छ।


