Friday, June 05, 2026
Home > विराटनगर समाचार > विराटनगरमा सुकुम्बासी बस्ती हटाउने ‘डोजर अभियान’ विरुद्ध प्रदर्शन

विराटनगरमा सुकुम्बासी बस्ती हटाउने ‘डोजर अभियान’ विरुद्ध प्रदर्शन

विराटनगर । मोरङका भूमिहीन तथा सुकुम्बासीहरूले बस्तीमा डोजर लगाएर उठिबास गराइएको भन्दै विराटनगरमा विरोध प्रदर्शन गरेका छन् ।

भूमिहीन सुकुम्बासी संयुक्त संघर्ष समितिको अगुवाइमा सोमबार गरिएको प्रदर्शनमा उनीहरूले “डोजर आतंक” तत्काल रोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

समितिले विकल्पबिना बस्ती हटाइएको, बालबालिका र ज्येष्ठ नागरिक प्रभावित भएको भन्दै सरकारको कदमलाई गैरजिम्मेवार भनेको छ । उनीहरूले भूमिहीनलाई लालपुर्जा दिन, छानबिन समिति गठन गर्न र जोखिमयुक्त बस्ती सुरक्षित बनाउन माग गरेका छन् ।

माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनीसमेत दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *