Friday, June 05, 2026
Home > विराटनगर समाचार > खण्डहर बनेको विराटनगर जुट मिल्समा अझै घन्किन्छ घण्टी

खण्डहर बनेको विराटनगर जुट मिल्समा अझै घन्किन्छ घण्टी

विराटनगर — नेपालकै पहिलो उद्योग १९९३ सालमा स्थापना भएको विराटनगर जुट मिल्स २०७० देखि बन्द भए पनि यसको परिसरमा अझै हरेक घण्टा घण्टी बज्ने परम्परा जारी छ। अहिले खण्डहरजस्तै बनेको मिलमा केही सुरक्षाकर्मी मात्र छन्, तर घण्टीले विगतको औद्योगिक इतिहास सम्झाइरहन्छ।

कुनै समय ८ हजार मजदुरले काम गरेको यो उद्योग अहिले जर्जर अवस्थामा पुगेको छ। विज्ञहरूका अनुसार राज्यले चाहेमा वा पब्लिक–प्राइभेट साझेदारीमार्फत यसलाई पुनः सञ्चालन गर्न सकिने सम्भावना अझै बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *