काठमाडौँ — बुद्ध एयरले खाडी क्षेत्रमा जारी द्वन्द्व र हवाई इन्धन मूल्य वृद्धिका कारण नेपालमा उडान सञ्चालन गर्न चुनौती बढेको जनाएको छ।
कम्पनीका अनुसार टिकट रद्द बढ्दा पर्यटन र हवाई सेवा क्षेत्रमा दबाब परेको छ भने इन्धन खर्च ५० प्रतिशतसम्म पुगेको छ।
बुद्ध एयरले न्यूनतम स्तरमै भाडा समायोजन गरिएको बताउँदै सरकारसँग सहकार्य गरी पर्यटन र हवाई सेवा प्रवर्द्धनमा प्रतिबद्ध रहने जनाएको छ।


