काठमाडौं । नेपाली कांग्रेसले नेता पूर्णबहादुर तामाङ (कान्छाराम)सँग ३ दिनभित्र स्पष्टीकरण मागेको छ।
उनले गगन थापासँग ३ अर्ब रुपैयाँ रहेको दाबी गरेको भिडियो सार्वजनिक भएपछि पार्टीले उक्त अभिव्यक्तिलाई भ्रमपूर्ण र अनुशासन उल्लङ्घन ठहर गरेको हो।
अनुशासन समितिले तामाङलाई लिखित जवाफ दिन निर्देशन दिएको छ।

