काठमाडौं: संयुक्त राष्ट्रसंघ का महासचिव एन्टोनियो गुटेरस ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह लाई बधाई दिँदै इमान्दार र नागरिकमुखी शासनमा जोड दिएका छन्।
८ अप्रिलमा पठाएको सन्देशमा गुटेरसले नेपालको दिगो विकास र संस्थागत सुदृढीकरणमा पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएका छन्। उनले युवा नेतृत्वप्रति आशा व्यक्त गर्दै सार्वजनिक जीवनमा पारदर्शिता र सेवा प्रवाह सुधार आवश्यक रहेको उल्लेख गरेका छन्।
साथै, सन् २०३० का दिगो विकास लक्ष्य हासिल गर्न राष्ट्रसंघले नेपाल सरकारसँग सहकार्यलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।


