काठमाडौं: माइतीघर मण्डला मा विद्यार्थीहरूले सरकारविरुद्ध व्यंग्यात्मक प्रदर्शन गरेका छन्।
अखिल (क्रान्तिकारी) को अगुवाइमा भएको प्रदर्शनमा प्रधानमन्त्री बालेन्द्र शाह लगायत मन्त्रीहरूको सम्पत्तिको स्रोत सार्वजनिक गर्न माग गरिएको छ।
मन्त्रीहरूको सम्पत्ति विवरणमा सुन–चाँदी देखिएपछि विद्यार्थीले “गरिबको चमेली सुन दिने कोही छैन” भन्दै कटाक्ष गरेका हुन्। प्रदर्शनमा “मन्त्रीलाई सुन बहार, जनतालाई महँगी उपहार” जस्ता नारा लेखिएका प्लेकार्ड पनि देखिएका थिए।


