Friday, June 05, 2026
Home > विराटनगर समाचार > ग्रीनक्रस अस्पतालमा मृत महिलाको कानबाट सुन गायब

ग्रीनक्रस अस्पतालमा मृत महिलाको कानबाट सुन गायब

ग्रीनक्रस हस्पिटलमा उपचारका क्रममा मृत्यु भएकी ४० वर्षीया महिलाको कानबाट सुनको मुन्द्रा गायब भएको घटना सार्वजनिक भएको छ।

मृतकका आफन्तले उपचारअघि कानमा सुन सुरक्षित रहेको दाबी गर्दै ईसीजी गर्ने क्रममा चोरी भएको आशंका गरेका छन्। सुरुमा अस्पताल प्रशासनले इन्कार गरे पनि भिडियो प्रमाणपछि एक तोला सुन बराबरको क्षतिपूर्ति दिएको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *