Friday, June 05, 2026
Home > विराटनगर समाचार > सात महिनादेखि नेतृत्वविहीन कोशी खेलकुद बोर्ड

सात महिनादेखि नेतृत्वविहीन कोशी खेलकुद बोर्ड

कोशी प्रदेश खेलकुद विकास बोर्ड सात महिनादेखि सदस्यसचिवविहीन हुँदा प्रदेशका खेलकुद गतिविधि प्रभावित बनेका छन्।

सत्तारुढ दलहरूबीच भागबन्डा नमिल्दा नेतृत्व नियुक्ति रोकिएको आरोप लागिरहेको छ। यसबीच प्रदेश सरकारले बोर्डको संरचना विस्तार गर्दै १५ सदस्यीय बोर्डलाई २६ सदस्यीय बनाएको छ, जसलाई खेलकुदकर्मीहरूले राजनीतिक पद व्यवस्थापनको प्रयास भन्दै आलोचना गरेका छन्।

खेलकुद क्षेत्रका सरोकारवालाले योग्य र अनुभवी नेतृत्व नियुक्त गर्न माग गरेका छन् भने सरकारले छिट्टै नयाँ पदाधिकारी नियुक्त हुने दाबी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *