Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > मेयरदेखि प्रधानमन्त्रीसम्म: बालेनको अप्रत्याशित उदय

मेयरदेखि प्रधानमन्त्रीसम्म: बालेनको अप्रत्याशित उदय

काठमाडौं – बालेन्द्र शाह अप्रत्याशित रूपमा नेपाली राजनीतिमा उदाउँदै ३६ वर्षमै प्रधानमन्त्री बनेका छन्। काठमाडौं महानगरको मेयरबाट राष्ट्रिय राजनीतिमा प्रवेश गरेका उनले केपी शर्मा ओलीलाई झापा–५ बाट पराजित गर्दै नयाँ इतिहास रचे।

सुरुमा राजनीति गर्ने योजना नभए पनि परिस्थितिले उनलाई पार्टीमा ल्याउँदै नेतृत्वसम्म पुर्‍याएको हो। र्‍यापर, इन्जिनियर र सामाजिक अभियन्ताका रूपमा परिचित बालेन अहिले युवा पुस्ताको प्रतीकका रूपमा स्थापित भएका छन्।

पुराना दलप्रति असन्तुष्टि र परिवर्तनको चाहनाबीच उनको उदयलाई “नयाँ युग”को सुरुवातका रूपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *