Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > नीति तथा कार्यक्रममा विपक्षीका सुझाव समेट्न रञ्जु दर्शनाको आग्रह

नीति तथा कार्यक्रममा विपक्षीका सुझाव समेट्न रञ्जु दर्शनाको आग्रह

काठमाडौं । सांसद रञ्जु न्यौपाने ‘दर्शना’ले सरकारलाई नीति तथा कार्यक्रममा विपक्षी दलका न्यायोचित सुझाव समेट्न आग्रह गरेकी छन्।

प्रतिनिधिसभामा बिहीबार भएको छलफलमा उनले सरकार र विपक्षबीचको सुझाव आदान–प्रदानलाई सकारात्मक रूपमा लिनुपर्ने बताइन्। विपक्षीका घोषणापत्र र सुझावहरू समेत नीति निर्माणमा उपयोग गर्न सकिने उनको भनाइ थियो।

दर्शनाले विगतका नीति तथा कार्यक्रमहरू पनि आलोचनात्मक छलफलमै सीमित रहेको उल्लेख गर्दै यसपटक कार्यान्वयनमुखी बनाउनुपर्नेमा जोड दिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *