Friday, June 05, 2026
Home > विराटनगर समाचार > जुटमिलका पूर्व कर्मचारीलाई ३ करोड तलब अझै रोक्का

जुटमिलका पूर्व कर्मचारीलाई ३ करोड तलब अझै रोक्का

विराटनगर । विराटनगर जुट मिल का ४६ पूर्व कर्मचारीले २०७३ देखि २०७७ सम्मको करिब ३ करोड रुपैयाँ तलब अझै पाउन सकेका छैनन्।

अदालतबाट फैसला आफ्नै पक्षमा आए पनि कार्यान्वयन नहुँदा उनीहरू मर्कामा परेका हुन्। श्रम कार्यालयले भुक्तानीका लागि पटक–पटक निर्देशन दिए पनि मिल व्यवस्थापनले आलटाल गरिरहेको आरोप छ।

पूर्व कर्मचारीहरूले मिलको जग्गा बेचेर भए पनि पारिश्रमिक दिन माग गरेका छन्, तर लामो समय बित्दा पनि समस्या समाधान हुन सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *