Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > टर्कीको विद्यालयमा गोलीकाण्ड, ९ जनाको मृत्यु

टर्कीको विद्यालयमा गोलीकाण्ड, ९ जनाको मृत्यु

टर्कीको दक्षिणी क्षेत्र कहरामनमारासस्थित एक विद्यालयमा १४ वर्षीय छात्रले गोली चलाउँदा ८ विद्यार्थी र १ शिक्षक गरी ९ जनाको ज्यान गएको छ।

घटनामा १३ जना घाइते भएका छन्, जसमा ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। सुरक्षा निकायले घटनास्थल नियन्त्रणमा लिँदै आक्रमणकारी छात्र पनि मारिएको जनाएको छ।

घटनाको कारण खुल्न बाँकी रहेको छ भने ठूलो मात्रामा हतियार कसरी प्राप्त भयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *