Friday, June 05, 2026
Home > स्थानीय समाचार > मुक्तिनाथ मन्दिरमा भक्तजनमैत्री पूर्वाधार निर्माण हुने

मुक्तिनाथ मन्दिरमा भक्तजनमैत्री पूर्वाधार निर्माण हुने

मुस्ताङ — हिन्दू र बौद्ध धर्मालम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथ मन्दिर परिसरमा भक्तजनमैत्री पूर्वाधार निर्माण हुन लागेको छ।

मुक्तिनाथ विकास समितिले पुरातत्व विभागमा पेश गरेको आठ योजनामध्ये चार योजना स्वीकृतको अन्तिम चरणमा पुगेको छ। यी योजनामा ड्रेस चेन्जिङ हल, सार्वजनिक शौचालय, नयाँ परिक्रमा पथ र १०८ धारा मर्मत तथा स्तरोन्नति समावेश छन्।

स्वीकृति पाएपछि रु पाँच करोडभन्दा बढीको लागतमा निर्माण कार्य शुरू हुने र दर्शनार्थीको सुविधा सुधारिने समितिले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *