Thursday, June 04, 2026
Home > अन्तराष्ट्रिय समाचार > डब्लूएमओको चेतावनी : आगामी तीन महिना अत्यधिक गर्मी र मौसमीय विपद्को जोखिम

डब्लूएमओको चेतावनी : आगामी तीन महिना अत्यधिक गर्मी र मौसमीय विपद्को जोखिम

काठमाडौं, जेठ २० — विश्व मौसम विज्ञान संगठन (डब्लूएमओ)ले अल निनोको प्रभावका कारण जुनदेखि अगस्टसम्म विश्वका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी, खडेरी र भारी वर्षाको जोखिम बढ्न सक्ने जनाएको छ।

डब्लूएमओका अनुसार अल निनो नोभेम्बरसम्म कायम रहन सक्ने सम्भावना छ। यसले दक्षिण एसिया, अस्ट्रेलिया र मध्य अमेरिकाका केही क्षेत्रमा खडेरी तथा अन्य क्षेत्रमा अत्यधिक वर्षा निम्त्याउन सक्छ। संगठनले गर्मीसँगै खाद्य तथा खानेपानी आपूर्ति, कृषि उत्पादन र जनस्वास्थ्यमा समेत असर पर्न सक्ने भन्दै पूर्वतयारी गर्न आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *