Thursday, June 04, 2026
Home > खेलकुद समाचार > कतारलाई हराउँदै महिला प्रिमियर कपमा नेपालको विजयी सुरुआत

कतारलाई हराउँदै महिला प्रिमियर कपमा नेपालको विजयी सुरुआत

काठमाडौं, जेठ २० — एसीसी महिला प्रिमियर कपको पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

कतारले दिएको ७७ रनको लक्ष्य नेपालले १०.५ ओभरमै २ विकेट गुमाएर पूरा गर्‍यो। नेपालको जितमा विन्दु रावलले ३३ तथा पूजा महतोले २८ रनको योगदान दिइन्।

यसअघि कतार १६.५ ओभरमा ७६ रनमै समेटिएको थियो। नेपालका लागि रुबिना क्षेत्रीले ३ विकेट लिइन्। जितसँगै नेपालले २ अंक जोडेको छ र दोस्रो खेलमा भुटानसँग भिड्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *