काठमाडौँ — बुद्ध एयरले आन्तरिक उडानमा लागू हुँदै आएको ‘डलर फेयर’ हटाइए हवाई टिकट झण्डै ५० प्रतिशतसम्म महँगिन सक्ने चेतावनी दिएको छ।कम्पनीका अनुसार विदेशी यात्रुबाट लिने यो शुल्क प्रणालीले आन्तरिक रुटको घाटा सन्तुलन गर्न सहयोग गर्दै आएको छ।बुद्ध एयरले यो विषयमा सरकारसँग गहिरो छलफल नगरी निर्णय अघि बढाइए हवाई क्षेत्र र यात्रु दुवै प्रभावित हुने जनाएको छ।


