काठमाडौं । नेपाल आयल निगमले गरेको पछिल्लो मूल्य समायोजनपछि डिजेलको मूल्य पेट्रोलभन्दा माथि पुगेको छ।
नयाँ दरअनुसार पेट्रोलको मूल्य प्रतिलिटर अधिकतम २१९ रुपैयाँ कायम हुँदा डिजेलको मूल्य २३७ रुपैयाँ पुगेको छ। यो सम्भवतः पहिलो पटक डिजेल पेट्रोलभन्दा महँगो भएको हो।
आयल निगमका अनुसार पश्चिम एसियामा जारी द्वन्द्वका कारण कच्चा तेलको मूल्य वृद्धि र आपूर्ति अवरोधले इन्धन महँगिएको हो। डिजेलको माग औद्योगिक तथा हेभी सवारीमा बढी स्थिर रहने भएकाले मूल्य घट्ने प्रभाव कम परेको विज्ञहरूले बताएका छन्।


