Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > थापाथलीमा सुकुम्बासी बस्तीका अर्का व्यक्तिको आत्महत्या

थापाथलीमा सुकुम्बासी बस्तीका अर्का व्यक्तिको आत्महत्या

काठमाडौं । थापाथली सुकुम्बासी बस्तीमा बस्दै आएका एक पुरुषले बागमती नदीमा हाम फालेर आत्महत्या गरेका छन्। प्रहरीले उनको शव नदीबाट निकालिएको जनाएको छ।

सरकारले बस्ती हटाउन डोजर चलाएपछि विस्थापनको क्रममा रहेका उनीले शुक्रबार आत्महत्या गरेको बताइएको छ। मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

सामान सार्ने क्रममा अचानक उनले नदीमा हाम फालेको बताइए पनि घटनाबारे थप अनुसन्धान भइरहेको छ। यसअघि पनि सोही बस्तीका एक किशोरले आत्महत्या गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *