काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र बढ्दो दबाबबीच भियतनामी कम्युनिस्ट नेता हो चि मिन्हको “एकता, एकता, महाएकता” भनाइ उद्धृत गर्दै नेताहरूलाई एकजुट हुन आह्वान गरेका छन् ।
सचिवालय बैठकमा ओलीले पार्टी पुनर्गठन र चुनावी समीक्षामा जोड दिएका छन् । बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वमा कार्यदल गठन गरेको छ ।
पार्टीभित्र नेतृत्व परिवर्तनको चर्चा चलिरहे पनि ओलीले राजीनामा नदिने अडान दोहोर्याएका छन् ।


