लुम्बिनी विकास कोषका लागि पाँच वर्षअघि ल्याइएका पाँच विद्युतीय बसहरू सञ्चालनमा ल्याउन नसकिँदा अहिले भैरहवास्थित नागरिक उड्डयन प्राधिकरणमा थन्किएका छन्।
प्रधानमन्त्री कार्यालयको निर्देशनमा दुई दिन मात्र सञ्चालनमा आएको बसहरू बेलहिया–लुम्बिनी र लुम्बिनी–तिलौराकोट रुटमा चलेका थिए। कानुनी, प्रशासनिक, जनशक्ति र कार्यविधि समस्याका कारण नियमित सञ्चालन हुन सकेको छैन।
पर्यटक सुविधाका लागि ल्याइएका यी बसहरू कोषका कर्मचारी र पदाधिकारीले व्यक्तिगत प्रयोग गरेको आरोपसमेत लागेको छ। १४ भ्यानसहित बसहरू अलपत्र छन्।


