Friday, June 05, 2026
Home > मनोरञ्जन समाचार > यो वर्षका ५ सर्वाधिक कमाउने नेपाली फिल्म

यो वर्षका ५ सर्वाधिक कमाउने नेपाली फिल्म

चलचित्र विकास बोर्डको प्रतिवेदनअनुसार, यस आर्थिक वर्षमा प्रदर्शन भएका ५६ नेपाली फिल्ममध्ये ५ फिल्मले उत्कृष्ट कमाइ गरेका छन्।

परान – दीपकप्रसाद आचार्यको डेब्यु निर्देशन, १७.७६ करोड बढी कमाइ। नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द लगायतको अभिनय।

आबाट आमा – चन्द्र पन्त निर्देशित, १३.१३ करोड बढी कमाइ। पल शाह र विपना थापाको अभिनयले दर्शक मन जित्यो।

जेरी अन टप – सुयोग गुरुङ निर्देशन, १२.२८ करोड कमाइ। अनमोल केसी, जसिता गुरुङ र आँचल शर्माको मुख्य भूमिका।

उनको स्विटर – नवीन चौहान लेखन/निर्देशन, ११.४१ करोड बढी कमाइ। विपिन कार्की र मिरुना मगरको जोडी चर्चित।

जारी २ – उपेन्द्र सुब्बा निर्देशन, ६.२४ करोड बढी कमाइ। दयाहाङ राई र मिरुना मगरको जोडी दोहोरियो।

यो वर्ष नेपाली फिल्म बजार व्यवसायिक रूपमा सकारात्मक देखिएको छ, थुप्रैले करोडौँको व्यापार गर्न सफल भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *