काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि जेनजी आन्दोलनका क्रममा दुरुत्साहन गरेको आरोपमा सूक्ष्म अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ।
आयोगको प्रतिवेदनमा प्रसाईंले सामाजिक सञ्जालमार्फत भड्काउ अभिव्यक्ति दिएको र त्यसले प्रदर्शनलाई उत्तेजित बनाउन भूमिका खेलेको आशंका गरिएको छ।
आयोगले घटनामा संलग्नता रहे–नरहेकोबारे छानबिन गरी दोषी देखिए कानुनअनुसार कारबाही गर्न सुझाव दिएको छ।


